राहदानी विभागका कर्मचारी र सेवाग्राहीविरुद्ध भ्रष्टाचारको मुद्दा

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण राहदानी विभाग करारमा कार्यरत इन्जिनियर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध घुस रकम लेनदेनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
उक्त विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका कर्मचारी प्रदीप भट्टराईले राहदानी बनाएवापत सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो
साथै सुमित्राले घुस लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।