४६ वर्षीया महिलामाथि करणीको आरोप, एकजना पक्राउ

तनहुँमा ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्ने शुक्लागण्डकी नगरपालिका १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक हुन । सो ब्यक्तीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।