आजदेखि सुरु एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन

सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आज आइतबार बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमासुरु हुदैछ । राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज मस्यौदा सम्बन्धमा छलफल हुने भएको छ ।

सम्मेलनमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म संगठन स्थापित गर्ने कार्ययोजना बनाइने बताइएको छ । साथै सम्मेलन दुई दिन चल्नेछ ।