प्राज्ञिक विद्यार्थी परिषदको शिक्षा कार्यशाला सम्पन्न, अब परिमार्जित शिक्षाको आवश्यकता

प्राज्ञिक विद्यार्थी परिषद नेपाल कर्णाली प्रदेश शाखाले नेपालको शिक्षाक्षेत्रको समग्र अवस्था,चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला सुक्रबार मध्यपश्चिम विश्वविद्यालय को सभाहलमा सम्पन्न गरेको छ । कणार्लीको शिक्षालाई लिएर तालिममा बहस गरेका छन । शिक्षालाई परिमार्जित गर्न हामी सबै कर्तब्य, बारे छलफल गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालय का उपकुलपति प्रा.डा नन्द बहादुर सिंहले शिक्षा क्षेत्रमा अब गम्भीर रुपमा सोच्नुपर्ने बताएका छन । सिंहले हाल नेपालमा भईरहेको शिक्षामा ,विश्वविद्यालयहरूको उपकुलपति, रेक्टर, रजिस्ट्रार दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य गर्नु पर्ने, नैतिक शिक्षा लागू गर्नु पर्नेमा प्राज्ञिक विद्यार्थी परिषद् ले आफ्ना लागि आफैले आवाज उठाउनु पर्ने कुरा राखेका छन । उनले भने “उपकुलपति नियुक्तिका लागि दलको नेताहरूलाई भेटन बन्द गर्दै कसरी विश्वविद्यालय राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा चित्तन हुन आवस्यक छ ।“ शिक्षामा राजनिति नल्याउने र शिक्षालाई उत्कृष्ट कसरी बनाउने बारे जोड दिने भनाई राखेका छन ।

प्राज्ञिक विद्याथी परिषद ले नेपालको समग्र शिक्षाको अवस्था चुनौति र समाधान खोज्दै लागिरहेको र नेपालको सात वटै प्रदेशमा भएका कार्यशाला ले आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार हुने साथै परिषद् ले शिक्षामा भएका कमजोरी लाई एउटा मुद्दाको रुपमा आवाज उठाई सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउने परिषद् का राष्ट्रिय संगठन सह-सचिव रमेश कण्डेलले जानकारी दिए ।
कार्यक्रम प्रस्तुतकर्ता प्रा.डा विजु थपलियाले नेपालको समग्र शिक्षाको अवस्था प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीहरुलाई नयाँ ढंगबाट अभ्यास सहितको अध्ययन गराउनु पर्ने बताए विद्यार्थीहरुलाई फरक कुराहरु तथा अतिरिक्त क्रियाकलाप मा जोड दिनुपर्ने , शिक्षक हरुलाई तलब बडाउनुपर्ने र शैक्षिक सुधारमा जोड दिनुपर्ने कुरा समेटेका थिए ।

टिप्पणीकर्ता कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य जितबहादुर शाहले नेपालको शैक्षिक स्थिति खस्किदो अबस्था रहेको बताए । उनले दिवा खाजा , छात्रावृत्ति मा वृद्धि गरिनुपर्ने ,यस्तो अवस्थामा शिक्षक विद्यार्थी को मनमा बसेर साथित्वको भावनाले शिक्षा दिनुपर्ने र शिक्षकले आफ्नो आचारसंहिता पूरा अगाडि बढि हिडेमा कर्मचारी भन्दा शिक्षक को तलब धेरै हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

टिप्पणीकर्ता जनज्योति मा.वि सुर्खेतका प्रधानाध्यापक नारायण सिक्देल ले आफू पढ्दै कमाउदै कुरा जनज्योति मा.वि बाट सुरुवात भएको र हाल देशभर उक्त कार्यक्रम लागू भएको कुरा जानकारी दिए । यो देशका विद्यार्थी हरुलाई सिम्लामा स्याउ टिप्न लगाईयो तर जुम्लामा स्याउ लाउन सिकाएन ,
अबको युवाले आफ्नो कमाई खानुपर्छ बाबुको हैन भन्ने बिषयमा अनिवार्य रुपमा बहस हुनुपर्ने बताए । अबको शिक्षकले विद्यार्थीलाई कमाउन लगाउन र आफू पढ्दै कमाउदै कार्यक्रमलाई थप उचाइमा पुर्याउन अनुरोध गरेका छन । शिक्षा भएका तर बेरोजगार भएका विद्यार्थी संख्या देशमा धेरै बढ्न थालेको पनि बताए ।
टिप्पणीकर्ता मध्यपश्चिम विश्वविद्यालय का डिन सुदिप ठकुरिले उत्पादन क्षेत्रलाई बढाउन नसके शिक्षामा सुधार ल्याउन नसबिने कुरा राखेका छन । कार्यशाला मा जहाँ अभाव छ त्यहाँ समस्याहरू देखिन्छन यी कुराहरुमा ध्यान केन्द्रीत हुनुपर्छ र देशको अर्थतन्त्र मजबुत हुदाँ देशको शिक्षा मा टेवा पुग्ने कुरा बताए ।
शिक्षा एउटा मेरुदण्ड हो, निशुल्क शिक्षा नेपालमा लागू सबैठाउँ प्रभावकारि नभएको , शिक्षालाई उत्पादन सँग जोडेर लैजानु पर्ने, पेशागत रुपमा लाग्नेले पनि कर्तव्य पूरा गर्नुपर्ने , पाठ्यक्रम अभ्यासमुलक हुनुपर्ने , व्यवहारमुलक बनाउन आवस्यक भएको , विद्यालय खोल्दा अलि ध्यान पुर्याउनुपर्ने , शिक्षक छनोटमा पनि ध्यान दिन आवश्यक , शिक्षक बिहिन विद्यालय पनि धेरै भएका र शिक्षकको काम ईन्डिकेटरमा वा तालिकामा लेखिनुपर्ने । अबिभावक पनि सुधार हुन जरुरत हुनुपर्ने, विद्धालय लाई सुधार केन्द्र सम्झिन्ने कुरामा चेतना परिवर्तन हुनुपर्ने कुराहरु उपस्थित अन्यले राखे थिए ।