सुर्खेतको वीरेन्द्रनगरमा शनिवार दिनभर बत्ती अबरुद्ध हुने

सुर्खेतको वीरेन्द्रनगरमा शनिवार बिहान ६ बजे देखी बेलुका ५ बजे सम्म बिद्युत लाईन अबरुद्ध हुने भएको छ । नेपाल बिद्युत प्राधिकरणको शाखा सुर्खेतले एक सुचना जारी गर्दै शनिवार बिद्युत अबरुद्ध हुने जानकारी गराएको छ ।

बुदबुदे सव स्टेशनमा ११ केभी पुरानो भिसिवी प्यानलको बदली गर्नु पर्ने र टेस्टिगं गर्नु पर्ने भन्दै लाईन बन्द गरिने जानकारी दिएको छ । बितरण शाखा सुर्खेतबाट दिईएको जानकारी अनुसार बजार फिडर, बुलबुले फिडर र पिपिरा फिडरबाट बितरण हुने सम्पुर्ण एरियामा बिद्युत अबरुद्ध हुने छ ।

समयमै काम सकिएको खन्डमा चाडै लाईन सुचारु हुन सक्ने ब्यहोरा समेत शाखाले जानकारी दिएको छ ।