रामबहादुर बम्जनलाई बाल शोषणको मुद्दा हाल्ने किशारीका बुवाको मृत्यु


सर्लाही जिल्ला अदालतमा राम बहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा हालेकी किशोरीका बुवाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुली जिल्लाको भिमानमा मंगलबार ट्याक्टरले उनको बुवालाई ठक्कर दिंदा मृत्यु भएको हो
छोरीको मुद्दा चलेको यस घडीमा आफन्तले उनलाई षयन्त्र गरेर मारिएको हुन सक्ने आशंका गरेका छन । ती किशोरीका बुवाले केही दिनअघि मात्रै आफनी छोरीलाई भएको यौन शोषणबारे र छोरीको न्यायका लागि आफु पछि नहट्ने भनि अन्तरर्वार्ता दिएका थिए । सिन्धुली प्रहरीका अनुसार दुर्घटना बारे अनुसन्धान जारी रहेको बताए ।