न्युराेड क्षेत्रमा पार्किङ गर्न रोक, व्यापारीहरु आन्दोलित


काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन । ७७ वटै जिल्लाको ब्यापारिक केन्द्रको मुटु रहेकोे न्युरोड क्षेत्र महानगरले ब्यवसायिसंग कुनै छलफल नै नगरी पार्किङ्ग निषेध गरिएको बताएका छन ।
न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन ।
महानगरले धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरेको छ । महानगरले सवारी आवागमन सहज बनाउन पार्किङ्ग निषेध गरिएको जनाएको छ ।
पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिह्न राखिएका छन ।