फेला पर्‍याे अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्स, ४ जनाको उद्दार


थाइल्यान्डबाट रसियाको मस्को जाँदै गर्दा अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्स भेटिएको छ । यो विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा चार जना बाँच्न सफल भएका छन् भने बाँकी दुईजना बेपत्ता भएका छन । बेपत्ता भएका हरु बारे जानकारी संकलन भैरहेको पनि हिन्दी बीबीसीले जानकारी दिएको छ । मोरक्कन–रेजिस्टर्ड डसल्ट फाल्कन (डीएफ–१०) विमान एयर एम्बुलेन्सका रूपमा सञ्चालन भइरहेको थियो ।
जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको बताइएको छ ।
अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएको थियो ।
सुरुमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो ।
गया विमानस्थलबाट इन्धन भरेपछि शनिबार साँझ ४ः०२ बजे विमान उडेको थियो ।
रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित बेपत्ता भएको बताएका थिए ।