सुर्खेतको बरातालमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सुर्खेतको बराताल गाँउपालिकामा बाइक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त घटना वडा न. ५ मा घटेको हो । पञ्चपुरी नगरपालिकाबाट सुर्खेतको वीरेन्द्रनगर तर्फ आउदै गरेको बा ८१ प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने मोटरसाइकल सवार बराहताल गाँउपालिका ५ बस्ने १५ वर्षीय चन्द्र बिक भएको पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका बिक को कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।