सुर्खेतमा अटोलाई बचाउन खोज्दा टिप्पर दुर्घटनामा

सुर्खेतकाे मसिनामा वीरेन्द्नगरतर्फ आउँदै गरेको टिप्पर दुर्घटनामा परेको छ ।

कर्णाली प्रदेश ००१क ०१०१ नम्बरको टिप्परलाई भे १ ह २६६२ नम्बरको अटोले झुक्काएपछि टीप्पर अनियन्त्रित भएर सडक छेउमा रहेको नाालामा पल्टिएकाे हाे । टिप्पर चालक मिलन चुनाराले अटोलाई बचाउन खोज्दा टिप्पर अनियन्त्रित भएर नालामा पल्टेको बताएका छन् । टिप्परमा सवार चालक चुनारा र सहचालक दुबैजनालाई चोटपटक भने लागेको छैन उनिहरु सकुसल नै छन । चालक चुनाराले आफुलाई झुक्काउने अटो चालक टिप्पर पल्टीने बित्तीकै अटो चढेर फरार भएको बताएका छन् ।