पिक्निक गएका शिक्षक र विद्यार्थी सहित १६ जनाको मृत्यु

भारतको गुजरातमा पिक्निक गएका शिक्षक र विद्यार्थीहरु हरनी तालमा डुंगा सवार गर्ने क्रममा दुर्घटनामा परेका छन । हरनी तालमा रमाउन गएका उनीहरु चढेको डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । १६ जना मध्य १४ विद्यार्थी २ जना शिक्षक रहेका छन । पिक्निक खान गएका शिक्षक र विद्याथी सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेका हुन ।
त्यहाको सञ्चारमाध्यमका अनुुसार दुई दर्जन विद्यार्थी र चारजना शिक्षक पिक्निकमा गएका थिए । उद्दार गरिएका एक जना विद्यार्थीको उपचार भैरहेको र अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गुजरात सरकारले घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको र उक्त्त समितिले दश दिन भित्र रिर्पोट पेस गर्नु पर्ने छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले दुखद घटना घटेको भन्दै बिपतको यस घडीमा शोक ब्यक्त गरेका छन । उनले प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई दुई लाख रुपैंयाको दरले र घाइते भएकालाई पचास हजार रुपैंया दरले सहयोग गर्ने मोदी भनेका छन ।