लोपउन्मुख जनावरको तस्करी आरोपमा पूर्वडीएसपी पक्राउ


सिक्किमका एक जना पूर्व प्रहरी समेत रहेका उनलाई तस्करीको आरोप प्रहरीले नियन्त्रणमा लिएको छ । कस्तुरीको बिना र लोथर्केको छाला तस्करीको आरोप लागेको छ । बिहीबार सिलिगुडीनजिकै बागडोगराबाट पक्राउ परेका छन् ।
बंगाल वन विभागका कर्मचारीले गोप्य सूचनाका आधारमा सिक्किम पुलिसका पूर्व डीएसपी डेनी भुटियालाई पक्राउ गरेको हो ।
वन विभागलाई प्राप्त सूचनाअनुसार हालै नेपालबाट तस्करी गरी भारत पुर्‍याइएको उक्त वस्तु भुटियाले करिब ३ करोड भारुमा बिक्री गर्न लागेका थिए । उक्त्त बस्तुको मुल्यमा कुराकानी गर्दै गर्दा वन विभागको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो । उनी सिक्किमको सत्ताधारी दलका सक्रिय कार्यकर्ता पनि हुन् । नेपालल गायतका केही देशमा प्रतिबन्धित कस्तुरीको बिना सुगन्धित किसिमको बहुमूल्य वस्तु मानिन्छ ।
विश्वका ३५ बढी देशमा भने यसको वैधानिक व्यापार नै हुन्छ । विश्व बजारमा प्रतिग्राम ९५ अमेरिकी डलरमा खरिदबिक्री हुने यो सुनभन्दा महँगो भएको बताइएको छ ।