राजस्व छलिको १३ ट्रक पोटास प्रहरीको नियन्त्रणमा

राजश्व छलेर ल्याउदै गरेको १३ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्ज भन्सारबाट पूर्वको राजविराज, विर्तामोड र विराटनगरतर्फ जाँदै गरेकोे ट्रकमा ५ हजार ४६० बोरा कृषि उपजमा प्रयोग गरिने पोटास प्रहरीले पक्राउ गरेको हो । उक्त समानको बजार मूल्य ८७ लाख रहेको प्रहरीले जनाएको छ ।

एमएस किसान ट्रेडर्स भारतीय कम्पनीको उक्त पोटास मल बाराको निजगढ र पथलैयाबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक दिधराम न्यौपानेले बताए । शंकास्पद पोटास राजस्व छलेर बाहिर लाँदै गरिएको सूचना पाएपछि बुधबार राति बरामद गरिएको उनले बताए ।