पटाका कारखानामा बिस्फोट, २३ जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैंककबाट ६० माइल उत्तर पश्चिममा रहेको कारखानामा बिस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन भने बिस्फोटको कारण नजिकका अन्य कुनै क्षति नभइएको प्रहरीले जनाएको छ । बिस्फोटको कारणबारे अझै खुलेको छैन ।
बिस्फोटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थाइल्याण्ड सरकारले कारखानाको बैधताबारे अनुसन्धान गर्ने निर्देशन दिएको छ । उक्त राजधानी सहरहरुमा बिस्फोटका घटनाहरु सामान्य हुदै गएका छन ।
गत वर्ष उत्तरी सहर चियाङ माइकमा पटका कारखानामा विस्फोट हुदाँ ११ जना घाइते भएका थिए । अर्काे सहरमा एउटा आतशबाजीको गोदाममा विस्फोट हुँदा १० जनाको मृत्यु भएको थियो ।