अवैध लागूऔषध चरेससहित ५ जना पक्राउ

शनिबार राती ५ जना मानिस सहित करिब ८ किलो ८ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु प्रहरीले पक्राउ गरेको छ ।
नियन्त्रणमा लिइएकाहरू मध्य मनहरि गाउँपालिका-६ नयाँ बस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका-३ बस्ने २० वर्षीय मुकेश राम भन्ने मुस्की राम, पर्सा वीरगज उपमहानगरपालिका-२१ बस्ने २० वर्षीय ईरमान आलम र सोही ठाउँ बस्ने २१ वर्षीय सोयल मिया रहेका छन ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरि गाउँपालिका-७ मा चितवनबाट हेटौँडातर्फ आउदै गरेको ना.३ च ७४०४ नम्बरको कारमा सवार याकुब खानलाई ३ सय ग्राम चरेश जस्तो देखिने वस्तुसहित पक्राउ गरेको थियो ।
केही समय सोधपुछ पछि खानले उक्त लागूऔषध रामनारायणसँग लिएको खुल्न आएपश्चात उनको घरबाट थप ८ किलो ५ सय ग्राम चरेश बरामद गरी रामनारायण र कारमा सवार याकुब समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । यस लागुऔषध बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ममहरीले जानकारी दिएको छ ।