राष्ट्रपति रामचन्द्र पौडेलद्धारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरेर मनाइदैछ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहान सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन ।
नेपाल एकीकरण अभियानका नेतृत्त्वकर्ताका रुपमा देशैभर पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

यो अघि पनी राष्ट्रप्रमुखले आजको दिनमा माल्यार्पण गर्ने प्रचलन छ । राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।