लायन्स क्लवद्वारा विद्यालयमा न्यानो कपडा तथा खाजा बितरण

१४५ औ मेलबिन जोन्स सप्ताहको अबसरमा लायन्स क्लबले बिद्यालयमा न्यानो कपडा तथा खाजा बितरण गरेको छ । लायन्स क्लव अफ सुर्खेत काक्रेबिहार, लायन्स क्लब अफ सुर्खेत भैरवस्थान र लायन्स क्लब अफ कर्णालीले राहत बितरण गरेको हो । एक कार्यक्रमको आयोजना गरी लेकबेशी नगरपालिका रातामाटे १ सुर्खेतमा रहेको श्री शान्ति शृजना आधारभुत बिध्यालयमा अध्यनरत ३४ जना बिध्यार्थीलाई न्यानो कपडा बितरण गरिएको थियो । त्यो संगै बिध्यालयमा अध्यनरत सम्पुर्ण बिध्यार्थीहरूलाई खाजा पनि बितरण गरिएको थियो । उक्त बिद्यालयमा एकदमै न्युन वर्गका बिद्यार्थीहरू लोप उन्मुख जाती बोटे, राजी लगाएतका बिद्यार्थीहरू पढ्दै आएका छन् ।

लायन्स क्लवका पदाधिकारीहरूले अब आउने हरेक मेलबन जोन्स सप्ताहमा यो बिद्यालयलाई नछुटाउने र आगामी दिनहरूमा थप केही सामाग्री उपलब्ध गराउने बताएका छन् । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल घलेले लायन्स क्लवबाट सहभागी सबैलाई आभार ब्यक्त गर्दै बिद्यार्थीहरुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

सोही अवसरमा बिद्यालयको प्रधानाध्यापक घनश्याम थापाले भनाई राख्दै लायन्स क्लवको यो कार्यले आफुलाई थप उत्साह थपेको बताए । उनले बिद्यार्थीहरुलाई यो सहयोगको सही सदुपयोग गर्न पनी आग्रह गरेका थिए ।