हुम्लाको ताँजाकोटमा कुपोषित बालबालिकाकाे पहिचान अभियान सुरु

अंगराज परियार, हुम्ला । ताँजाकाेट गाउँपालिकाले कुपोषण भएका बालबालिकाको पहिचान अभियान सुरु गरेको छ । गाउँंपालिकाको स्वास्थ्य शाखाले सुरु गरेको यो अभियानका क्रममा वडा नं. १ देखि ५ सम्ममा २० जना बालबालिकाहरुलाई कडा खालको कुपोषण भएको भेटिएको छ । जसमा ११५ जनामा मध्यम खालको कुपोषण देखिएको गाउँंपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए ।

गाउँपालिकामा कुपोषण लगाएत अन्य अभियानका लागि प्रत्येक वडाका गाँउ गाँउमा महिला स्वास्थ्य स्वंसेविका पठाएको बताए । ६ महिना देखि ५० महिनासम्मका कुपोषित बालबालिकाहरुको तथ्यांक लिनका लागि पाखुरामा मुनाफ टेप प्रयोग गरी सोहीअनुरुप कडा कुपोषित र मध्यम खालको कुपोषित मापन गरेर स्वास्थ्य संस्थामा पठाउने प्रमुख ढकालले बताए ।
स्वास्थ्य शाखा प्रमुख ढकालले भने महिला स्वास्थ्य स्ंवएसेविकाले चेकजाँच गरी स्वास्थ्यमा पठाएका वालवालिकालाई कड़ा कुपोषित भएकालाई ओटिसीमा भर्ना गरेर उपचार गरिनेछ । मध्यम कुपोषितलाई खानपान सरसफाइ सम्बन्धी सुझाव दिएर घर पठाईने छ ।

ताँजाकोट गाउँपालिकाको स्वास्थ्यमा उपचार हुन नसकेका दुईजना कुपोषित बालवालिकालाई पुनः उपचारका लागि पोषण पुनःस्थापना केन्द्र पठाइएको उहाँले बताए । ताजाकोटका मनबहादुर बोगटीका ५२ महिने छोरी र बडा नं.५ का गोर माझीको २१ महिनाको छोरालाई उपचार सफल नभएपछी मृत्यू भएपश्चात पठाईएको जानकारी दिए ।

बालबालिकालाई मुख्यतया होचा, ख्याउटे र पुड्कोपन हुनबाट बचाउने उद्देश्यले कपोषित बालबालिका अत्य अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैशीले बताए । छोरा छोरीमा गरिने विभेदका कारण उपचार नपाउँदा आधा दर्जन भन्दा बढी बालिका कुपोषित रहेका छन् । घरमा खानपान र हेरचाहमा हुने विभेदका कारण पनि बढी कपोषण हुने गरेको अध्यक्ष जैशीले बताए ।