मोटर साईकलको ठक्कर बाट ६६ बर्षिय वृद्धा गम्भीर घाइते

तिब्र गतिमा रहेको मोटरसाइकलकाे ठक्करबाट ६६ बर्षिया एक वृद्ध पुरुष गम्भिर घाईते भएका छन् । मोटरसाइकलको ठक्करबाट बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बस्नेउराका   ईश्वर बूढा   गम्भीर घाइते भएका छन् ।

अपरान्ह ३ बजेको समयमा सुर्खेत देखि जाजरकोट जादै गरेको कर्णाली प्रदेश ०२००२ प ४२२० नम्बरको मोटरसाइकलले सल्लीबजारमा हिँड्दै गरेका पैदल यात्री बुढालाई ठक्कर दिँदा  गम्भीर घाइते भएका हुन् । घाइतेलाई सल्लीबजारमा सामान्य उपचार पछि नेपालगन्ज  रिफर गरिएको छ । 

ठक्कर दिने मोटरसाइकल चालक चिँगाड गाउँपालिका वडा नम्बर ४ सुर्खेतका २३ बर्षिया टोपेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।