भुइँमा बसेर अध्ययन गर्दै विद्यार्थीहरू, विद्यालय जोखिम अवस्थामा

अंगराज परियार, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका ६ गिउँसी स्थित जनजागरण प्राथमिक विद्यालय २०८० असोजमा गएको अविरल बर्षाले निकै जिर्ण अवस्थामा रहेको छ । धेरै जसो विद्यार्थीहरू चिसो फोहोर भईमा ढुँगा बिछ्याएर पढिरहेका छन् ।

कक्षा पाँचमा अध्ययनरत दिनेश लाबडले बताउनुहुन्छ ‘चिसो भुइँमा बसेर पढ्नुपर्छ, पानी परेको दिन त भित्ताबाट पानी पसेर कक्षाकोठामा ताल हुन्छ ।’ अर्का कक्षा ५ मा अध्ययनरत ललिता लाबडले बताउँछिन् ‘राम्रोसँग बसेर पढ्ने कक्षाकोठा पनि छैन विद्यालयले स्कुल ड्रेसको पनि व्यवस्था गरेको छैन, कक्षा ५ का सुरेश शाहीको अनुसार कक्षाकोठामा ढुंगा, काठको फल्याक बिछ्याएर पढ्नुपर्छ ।

लामो समय देखी जीर्ण अवस्थामा रहको विद्यालयलाई अवलोकन गर्नका लागि स्थानिय सरकार सँग पटकपटक माग राख्दा पनि पालिकाले नै बेवास्ता गर्ने गरेको छ ।

शिक्षक नन्दलाल लाबडका र वि. व्य.स का अध्यक्ष मेगमल लाबडका अनुसार विद्यालय नै जोखिम अवस्थामा छ, समयमै पाठ्यपुस्तक पनि आइपुग्दैनन्, पढाइमा झन बाधा आउँछ करिब दुई सय जना भन्दा बढि विद्यार्थीको खेलबाड गरेजस्तो महसुस गराएको छ । पालिकाले पनि जोखिम अवस्थामा रहेको विद्यालयलाई त्यति ध्यान दिएको छैन ।

कक्षाकोठाका भित्ता पनि चर्किएका छन् पानी परेको दिन जस्ता पाताबाट पानी चुहिने भएकाले कक्षाकोठामा ताल हुन्छ ।’ कुन दिन विद्यार्थीहरू नै धपक्कै छोपिएर मर्ने हुन यो अवस्था व्यहोर्ने दिन टाढा नरहेको रुपधन लाबड सहित त्यहाँका स्थानियहरुले बताएका छन् ।

सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख बिरजन शाहीले विद्यालय भवन मर्मत र डेक्सबेन्च लागि गाउँपालिकाले पहल गर्ने बताए । ‘तर पालिकाले भवन निर्माण गर्न सक्ने अवस्था छैन । संघ वा प्रदेश, सरकारले अनुदान दिएपछि मात्र सम्भव हुने उनले बताए ।