निश्चल आँखामा’ देव र रन्जिताको फ्लेवर रोमान्स

काठमाडौं, १७ पुष । नव गायक सागर भुषालको रोमान्टिक गीत निश्चल आँखामा सार्वजनिक भएको छ । चितवनको नारायणगढमा पत्रकार सम्मेलनमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

प्रेम प्रशंगमा आधारित उक्त गीतमा गायक भुषालको सोलो आवाज रहेको छ । गीतको शब्द भिष्मराज जोशीले लेखेका हुन् । सन्तोष रत्न दङ्गलको कम्पोजिसन रहेको गीतमा एसके बच्चाको एरेन्ज छ ।

प्रवेश पण्डित, नेत्र गुरुङ र सन्तोष परियारले खिचेको भिडियोमा निर्देशक राजिवकै कोरियोग्राफी छ । भिडियोलाई प्रवेश पण्डितले सम्पादन गरेका हुन् । गीतको भिडियो चितवन र नवलपुरमा आसपासमा छायांकन गरिएको दृश्यहरु छन् । गीत भने स्वयं गायक भुषालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको पत्रकार सम्मेलनमा घोषण गरिएको थियो ।

मोडल देवले यस अघिको भन्दा यस पटक फरक किसिमको अभिनय गर्ने प्रयास गरेको बताए । उनले यस अघि पनि अधिकांस रोमान्टिक गीतमा नै काम गरेका थिए । रन्जिताको भने यो डेब्यु म्युजिक भिडियो हो । मोडल रन्जिताले पहिलो प्रयास भए पनि आफ्नो शत प्रतिशत दिएको बताइन् । पहिलो पटक म्युजिक भिडियो गरेकी रन्जिता मोडलिङ क्षेत्रमा भने केही वर्षयता निरन्तर सक्रिय छिन् ।