जापानको भूकम्पमा मृत्यु हुनेको संख्या ७८ पुग्यो ।

सोमबार गएको शक्तिशाली भुकम्पमा मध्य जापान र आसपासका क्षेत्रमा मानवीय क्षयती भएको छ । यस भूकम्पबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ । सोमबार गएको ७.६ म्याग्निच्यूडको भूकम्पले इशिकावाको बाजीमा शहरमा व्यापक संरचनात्मक क्षतिका साथै आगलागी पनि भएको छ ।
जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । भूकम्पले निगाटा, टोयामा, फुकुई र गिफु प्रान्तमा पनि क्षति र्पुयाएको छ ।
जिण अवस्थामा भएका भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन नसकेको कुरा एजेन्सीले जानकारी दिएको छ ।