वडा अध्यक्षको दादागिरी, विद्यालय व्यवस्थापनको निर्णय च्यातिदिए

आठबिसकोट नगरपालिका ८ रुकुम पश्चिममा रहेको हिमालय माध्यामिक बिध्यालय, दाजेमा आफ्नो स्वार्थ अनुसारको कुरा नमिलेपछी ७ नम्बरका वडा अध्यक्ष किशोर बुढाले बिद्यालय ब्यवस्थापनको समितिले गरेको निर्णय च्यातिदिएका छन् । अर्को वडाको भएपनी उनलाई आमन्त्रित सदस्यका रुपमा बोलाईएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम सुनारले बताएका छन ।

उनले भने बिद्यालय ब्यवस्थापन समितिको बैठक बस्यो, निणय पनी भयो र सबै गैसकेपछी अर्को वडाका आमन्त्रित सदस्यका रुपमा बोलाईएका ७ नम्बर वडाका वडा अध्यक्षले पहिले रातो कलमले निर्णयमाथी काटकुट गरेर जानु भएछ । पछी पुनः आएर च्यातेर खल्तीमा हालेर जानु भएको छ । हामी अचम्म परेका छौ ।

सोही बिषयमा कुरा बुझन ७ नम्बरका वडा अध्यक्ष किशोर बुढालाई सम्पर्क गर्दा उनको फोन उठेको छैन । वडा अध्यक्षको सो हर्कत बिरुद बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले संयूक्त हस्ताक्षर गरेर जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई आवश्यक कारवाही गरिपाउ भनेर निवेदन पेश गरेका छन् ।