समस्याग्रस्त शिवशिखर सहकारीका बचतकर्तालाई रकम दाबी गर्न आग्रह

सरकारले समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्तालाई आफूले पाउनुपर्ने रकम मागदाबीका लागि आवेदन पेश गर्न अनुरोध गरेको छ ।

सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनलाइनमार्फत मागदाबी गर्न अनुरोध गरको हो ।

एक सुचना जारी गर्दै धधध।अययऊअ।नयख।लउ मा गई आफूले पाउनुपर्ने रकमको प्रमाणसहित दाबी गर्न भनिएको छ । शिवशिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गत भदौ २५ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

सहकारीको ऐन नियम, मूल्यमान्यता विपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेमा सहकारी ऐन २०७४ अनुसार सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सम्बन्धित मन्त्रालयले समस्याग्रस्त घोषणा गर्न सक्नेछ ।

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखरले देशका ३५ जिल्लामा शखा कार्यालय संचालन गरी निक्षेपकर्ताबाट रकम उठाएको थियो । सहकारीका संचालकले डेढ लाखभन्दा धेरै बचतकर्ताको अर्बौं रकम हिनामिना गरेका छन ।