मध्यरातमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापाको शिवसताक्षी नगरपालिकामा मध्यरातमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुष १३ गते हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । यो सँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।