जाजरकोटमा चिसोका कारण त्रिपालमा बस्दै आएकी एक सुत्केरीको मृत्यु

जाजरकोटमा चिसोका कारण त्रिपालमा बस्दै आएकी एक सुत्केरी महिलाकोे मृत्यु भएको छ । जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नं.९ चौराठाकीको २४ वर्षीया सुत्केरी महिला कल्पना नेपालीको मृत्यु भएको हो । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो । परिवारको आर्थीक स्तर कमजोका कारण उनलाई चिसो पालबाट ब्यबस्थित गर्न भने सकेका थिएनन् ।
गरिब दलित परिवारका उनीहरूलाई साँझ बिहानको छाक टार्नै धौ–धौ पर्ने अवस्था छ, त्यही कारण सुत्केरी हुँदा पनि परिवारले राम्रो उपचारको प्रबन्ध गर्न नसक्दा कमलाको मृत्यु भएको हो ।