सुर्खेतको सुब्बाकुना नजिक फोर्स गाडी दुर्घटना

सुर्खेतबाट नेपालगंज यात्रु बोकेर जादै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ । कणर्ाली प्रदेश ०२००१ख०१०० नम्बरको फोर्स गाडी सुब्बाकुना चेकपोष्ट भन्दा करिब २ किलोमिटर अगाडी दुर्घटनामा परेको हो । प्रारम्भिक सुचना अनुसार गाडी अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रु मध्य ७ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरूको सुर्खेत हस्पिटलमा उपचार भईरहेको सुब्बाकुना चेकपोष्टका ईन्चार्ज प्रहरी हवल्दार हर्क केसी ले जानकारी दिएका छन ।