राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्छु ः मेयर हर्क साम्पाङ

सामाजिक सञ्जालमा आफ्नो कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्ने उद्घोष धरान उपमहानगरका मेयर हर्क साम्पाङले गरेका छन् । बुधबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो उद्घोष गरेका हुन् । उनले राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्ने जानकारी दिएका छन् ।

केन्द्र सरकारले धरान उपमहानगरपालिकालाई महत्व नदिएको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले फेसबुक स्टाटसमा लेखेका छन् भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ’ जय देश !

उनले स्टाटस पाेष्ट गरेकाे ७ मिनेटभित्रै २१ सय लाइक, ६२७ कमेन्ट र २९ सेयर भएकाे देखिएकाे छ ।