नेविसंघले गर्याे ७ लाख ११ हजार भूकम्प पीडितका लागि सहयोग

नेपाल विद्यार्थी नेविसंघले जाजरकोट भूकम्प पीडितहरूका लागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । नेविसंघले आफ्ना सदस्यहरूबाट सहयोग शुल्क सङ्कलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ भूकम्प पीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । नेविसंघका नेताहरूले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नेविसंघले यसअघि पनि भूकम्प प्रभावित क्षेत्रमै पुगेर हेल्थ क्याम्प सञ्चालन सङ्गै विद्यालयहरूको पुनर्निर्माणका लागि समेत अभियान सञ्चालन समेत गरेको थियो