डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) को प्रथम कर्णाली प्रदेश भेला सम्पन्न


डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) ले पहिलो पटक कर्णाली प्रदेशमा प्रदेश स्तरिय भेला वीरेन्द्रनगरमा सम्पन्न गरेको छ । वीरेन्द्रनगरमा सोमबार भएको सम्मेलनले १५ जना कार्यसमिती चयन समेत गरेको छ । कर्णाली प्रदेशका सबै जिल्ला बाट सहभागी प्रतिनिधीहरुले प्रदेश कमिटी निर्माण गर्दै कर्णाली प्रदेशको अध्यक्षमा कलम दर्लामी मगरलाई चयन गरेका छन् ।

नव निर्वाचित अध्यक्ष कमल दर्लामीले भने यो जिम्मेवारीका लागि सबै साथीहरुलाई र यो संगठनमा आबद्ध सबै ईन्जिनियहरुलाई धन्यवाद दिन चाहन्छु । उनले भने यो जिम्मेवारीले मलाई यो संगठन प्रति थप जवाफदेही बनाएको छ । अब यो संगठनमा आवद्ध हरेक सदस्यहरुको जुनसुकै समस्याका समाधानका लागि संगठन लागिपर्ने वातावरण सृजना गर्ने छु ।

सम्मेलनले अध्यक्षमा कलम दर्लामी मगर, उपाध्यक्षमा धन बहादुर के .सी, महिला उपाध्यक्षमा एलिशा आचार्य, महासचिवमा योगेन्द्र रावल, सचिवमा जीवन सिंह, प्रज्वल कठायत र दक्षिणा कुमारी शाही, कोषाध्यक्षमा धन बहादुर थापा, लगाएत सदस्यमा प्रकाश कठायत, जय बहादुर बिष्ट, सतल बटला, हरि बहादुर शाही, हरि प्रसाद भट्टराई, कुमार परियार र हरिबोल रानालाई चयन गरेको छ ।