मुगुमा अनमीलाई जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

मुगुमा अनमीलाई जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ परेका छन् । मुगुको सोरु गाउँपालिका-९ स्थित खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही पक्राउ परेका हुन् । सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसी कुमारी विश्वकर्मालाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले राजकुमार शाहीलाई पक्राउ गरेको छ ।

शाहीविरुद्ध तुलसीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछी उनलाई प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीले यसअघि सुरजकी आमा झ्यापु शाही र स्थानीय व्यापारी धनप्रसाद भट्टलाई पक्राउ गरिसकेको छ । अनमी विकलाई जातीय विभेद गर्दै घरबाट निकाल्न खोजेका शाहीले घटना बाहिर आएपछि समेत सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द उल्लेख गरेर पोष्ट गरेका थिए ।