महानिरिक्षक कुँवरले गरे जिल्ला प्रहरी कार्यालय, मुगुको नव निर्मीत भवनको उद्घाटन

प्रहरी महानिरीक्षक बसन्त कुँवर द्धारा जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवनहरूको उद्घाटन सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुको परिसरभित्र नव निर्मीत कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमुख निवास र सीनीयर प्रहरी अधिकृत निवास, र भान्सा घरको समुद्‍घाटन सम्पन्न भएको हो ।

कुँवरकाे प्रमुख आतिथ्यतामा सुरू भएको सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, रारा छायाँनाथ नगरपालिका मुगुका नगर प्रमुख बिष्णु कुमार भाम, सोरू गाउँपालिका मुगुका अध्यक्ष धर्म बहादुर शाही र जिल्ला अदालत मुगुका माननिय जिल्ला न्यायाधिस दिल कुमार बर्देवा, बिशीष्ट अथितीकाे रूपमा रहनु भएको थियाे।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकाल, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरिक्षक कुबेर कडायत, मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर के.सी. ने.प्र.रा.सु. तथा ट्रा.व्य.का. सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाह, जिल्ला प्रहरी कार्यालय मुगुका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापा, जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रमुख तथा प्रतीनिधिहरू, सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतनिधिहिरू लगायत पुर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरी परिवार, नागरीक समाज, पत्रकारहरू समेतको उपस्थिति रहेको थियाे ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाको स्वागत मन्तव्यसँगै सुरू भएको उक्त कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्राविधीक प्रहरी निरिक्षक नितीन लाखेले नव निर्मीत भवनहरूको लागत तथा निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे ।

विशीष्ट अतिथीकाे रूपमा आमन्त्रण गरेका जिल्ला प्रहरी कार्यालय परिवार प्रती आभार प्रकट गर्दै पछिल्ला दिनहरूमा नेपाल प्रहरी, कर्णाली प्रदेश प्रहरी कार्यालय र मातहत जिल्ला प्रहरी कार्यालयबाट भए गरेका कार्यहरूको उच्च प्रशंसा गर्नु भएको थियाे ।

मन्दु गाउँ स्थित श्रीदेवी बोहोरा र नजिकको ३ जना सन्तानहरूको विभत्स हत्या घटनाको सुक्ष्म रूपमा अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तीहरूलाई तत्कालै पक्राउ गरी यथाशिघ्र कानूनी दायरामा ल्याई सफल अनुसन्धान गरेकोमा संगठन प्रमुख प्रहरी महानिरिक्षक कर्णाली प्रदेश प्रहरी प्रमुखलाई दोसल्ला ओढाई सम्मान गर्नुको साथै नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय मुगु लगायत अनुसन्धानमा संलग्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई हार्दिक धन्यवाद सहित सम्मान स्वरूप प्रशंसा पत्र समेत प्रदान गर्नु भएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षकले सो भवनहरूको निर्माण कार्यमा उल्लेखनिय भुमीका खेल्ने निर्माण व्यवसायी कार्यालय प्रमुख, लगायतलाई प्रशंसा पत्र प्रदान गरिएकाे थियाे । भौगोलिक कठिनाईका बाबजुद पनि दुर दराजका नागरीकहरूको सुरक्षार्थ अहोरात्र खटिइ प्रहरी कर्म र सेवामा दत्तचित भई कार्य सम्पादन गरेकोमा संगठनको तर्फबाट विशेष धन्यवाद साथै नागरिकको हरपलको सारथीको रूपमा रहेको प्रहरीलाई समयानुकुल परिमार्जित एवम् सुविधा सम्पन्न बनाउन राज्यले निरन्तर रूपमा गरेको प्रयास र भूमिकाको उच्च प्रशंसा समेत गर्नु भएको थियाे ।

गुणस्तरीय पूर्वाधारहरूको विकाश र निर्माण कार्यले प्रहरीलाई थप उत्साहित भएर जनताको सेवामा खटीन अभिप्रेरीत गर्न सहयोग पुगेको चर्चा गर्दै जिल्ला प्रहरी कार्यालय परिसर भित्र नवनिर्मीत संरचनाहरूको कारण आगामी दिनमा मुगु प्रहरीको कार्यदक्षता र कार्य क्षमतामा वृद्धी हुने अपेक्षा साथै प्रभावकारी प्रहरी परिचालन द्धारा प्रहरी कार्यमा खरो रूपमा उत्रिन निर्देशन समेत दिनुभयो । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यूबाट धन्यवाद सहित कायक्रम समापन भएको हाे ।