‘झुलाघाट-चिवाभञ्ज्याङ यात्राको क्रममा लेखिएका ओलीका १ सय ६ स्टाटस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “झुलाघाट-चिवाभञ्ज्याङ समृद्धि”का लागि संकल्प यात्राका क्रममा १ सय ६ वटा फेसबुक स्टाटस लेखेको बताएका छन् । उनले बिभिन्न सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै सञ्चारसँग सम्पर्कमै रहेको बताए ।

मंसिर १४ गते पश्चिमी नाका बैतडीको झुलाघाटबाट झण्डोत्तलन गरी सुरु भएको एमालेको यो अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङसम्म सम्पन्न भएको थियो ।

ओलीले भने, ‘सुत्ने समय छोट्यायौँ । सञ्चारसँग हामी बेखबर रहेनौँ । मैले लगातार सम्प्रेषण गरिरहेका स्टाटस हेर्नुभयो होला,’ ‘यात्राकै क्रममा मैले १ सय ६ वटा स्टाटस लेखेको थिएँ । अरु हरेक साथीहरूले पनि लेख्नुभयो ।’ अभियान अन्तर्गत एमालेले विभिन्न जिल्लामा आमसभाहरू गरेको थियो ।