नेपाल प्रहरीका सई मृत अवस्थामा फेला

भक्तपुरमा नेपाल प्रहरीका एक जना नायब निरिक्षक-सई सुतिरहेकै ठाउँमा मृत फेला अवस्थामा फेला परेका छन् । सई बालकृष्ण उपाध्याय घिमिरे भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित सिपाडोलमा रहेको घरमा मृत भेटिएका हुन् ।

बिहान उनी मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।