भन्सार छलिका सामानहरु सहित फाेर्स गाडी प्रहरी नियन्त्रणमा

सुर्खेतकाे एरिचाेकबाट भन्सार छलिका सामान सहित नेपाल प्रहरीका घुमुवा टाेलीले फाेर्स गाडी नियन्त्रणमा लाएकाे छ । बिहिबार साँझ साढे छ बजेकाे समयमा सामान सहित उक्त गाडी नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

नेपालगंज-सुर्खेत रुट चल्ने क.प्र.०२-००१ ख ०६९६ नं काे फाेर्स गाडीमा लुकाई छिपाई ल्याएको भन्सार छलिका सामानहरू र गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले फाेर्स गाडीसहित ८ बाेरा चिनी, ४ बाेरा चकलेट, 100 पाेका महेश र ४ बाेरा मिठा सुपारी बरामत गरेकाे छ । बिशेष सुराकिका अाधारमा खटिएका सादा पाेसाकका प्रहरी हवल्दार टिकाराम अाचार्य, जवान नवीन याेगी, राज पराजुली, माेेेहन मल्ल र धर्म सिंह बुढाले गाडी सहितकाे सामान बरामद गरेकाे थियाे ।