वीरेन्द्रनगरमा लघुबित्त संस्था बिरुद्ध संघर्ष समितिकाे र्यालि प्रदर्शन

वीरेन्द्रनगरमा लघुवित्त सहकारी संस्था बिरुद्ध बिराेधी र्यालि प्रदर्शन भएकाे छ । विरेन्द्रनगर नगरपालिका ०६ मंगलगढिचोक बाट र्यालि प्रदर्शन सुरू भएकाे हाे । लघुबित्त कर्णाली प्रदेशका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा भएको र्यालीमा करिब १५० देखि १६० जनाकाे उपस्थिती रहेको थियो ।

नब सामन्तीको रुपमा स्थापित लघुबित्त तथा बित्तीय संस्था खारेज गर ,लघुबित्तीय संस्थाहरु द्वारा लगाईएको सामुहिक ऋण मिनाह गर ,आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान जनपक्षीय मौद्रिक नीति कायम गर ,कालो सुची तथा धितो लिलाम फुकुवा गर ,प्रत्यक्ष निवार्चित रास्ट्र प्रमुखको ब्यबस्था गर जस्ता नाराहरु लगाएका थिए । उनिहरूले मिटरब्याज ,लघुबित्त र भ्रस्टाचारका विरुद्धमा प्रदशन सहित र्याली निकालेका हुन् । उक्त्त र्याली बजार परिक्रमा गरी बि न पा ७ स्थित घण्टाघर पुगि कर्णाली प्रदेश सम्मेलनमा मिसिएको थियो । मंगलगढी चोकबाट सुरु भएको लघुबत्तीको र्याली घण्टाघर पुगेर काेण सभामा परीणत भएकाे छ ।