सुर्खेतबाट सहकर्मी समाजले खटायो जाजरकोटमा स्वयंसेवक टोली

वीरेन्द्रनगर नगरपालिकाबाट सहकर्मी समाजले जाजरकोटमा भुकम्प प्रभावितहरूका लागि काम गर्ने गरी १२ जनाकाे स्वयंसेवक टोली खटाएको छ । उनिहरु भेरीनगरपालिका १ मा रहेका टोलहरुमा श्रम सेवा गर्ने गरी खटीएकाे सहकर्मी समाजले जनाएकाे छ । वीरेन्द्रनगरका विभिन्न वडाका ३० वटा टोलबाट २५ क्वन्टिल चामल , ५ क्वन्टिल दाल र तेल, नुन लगाएतका राहत सामग्री लिएर स्वयंसेवकको टोली जाजरकोट प्रस्थान गरेका हुन् ।

उनहिरूले केही मात्रामा भाडा, लत्ताकपडा पनी लिएर गएकाे समाजले जानकारी दिएकाे छ । १२ जना स्वयंमसेवकको टोली ५ दिनसम्म भेरी नगरपालीका वडा नम्बर १ मा खटिने छ र त्यहा भुकम्प प्रभावितहरूकाे आवश्यक्ता अनुसार परिचालन हुनेछ ।
सहकर्मी समाजले वीरेन्द्रनगर नगरपालकिामा सन्चालन गरेको टोल विकास संस्था सशक्तीकरण कार्यक्रमको समन्वय र सहजीकरणमा टोल देखी टोल सम्म अभियान संचालन अन्तर्गत यो शविरि पठाएइएको हो ।