सुर्खेतमा आन्दाेलनकारी आक्राेशित, उग्र बन्दै आन्दाेलन

सुर्खेतमा चालकलाई कडा कारबाहिकाे माग गर्दै आएका आन्दाेलनकारीहरू आक्राेशित बनेका छन् । आन्दाेलनकारीले गाडीहरू ताेडफाेड गर्ने र आक्रमण गर्न थालेपछी आन्दाेलनले उग्र रूप लिएकाे छ । बिहानदेखि टाएर बालेर आन्दाेलनमा उत्रिएका उनिहरू माग पुरा नभएकाे भन्दै आक्रामक बनेका हुन् । आक्राेशित आन्दाेलनकारीहरूले राेकेर राखेको मान्छे सहितको हरीयाे अटो पल्टाएका छन ।

आन्दाेलन उग्र बनेपछी आक्रमण हुने डरले नेपालगंजबाट सुर्खेततर्फ आएका वडा अध्यक्ष र बिध्यालय ब्यवस्थापन समितीका मान्छेहरूलाई सुब्बाकुनाबाट प्रहरीको भ्यानले स्कटिङ गरेर लिएकाे छ ।

शनिबार सुब्बाकुनामा नेपालगन्ज १२ मुक्तिपुरस्थित युनाईटेड एजुकेशनल एकेडेमीको बसले मोटरसाईकललाई ठक्कर दिएकाे थियाे । साे ठक्कर बाट घाइते भएका माेटरसाइकल चालककाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।