बसकाे ठक्करबाट माेटरसाईकल चालककाे मृत्यु

बनभोज तथा शैक्षिक अवोलकनको लागि सुर्खेत पुगेर फर्कदै गरेकाे बसले वीरेन्द्रनगर ११ सुब्बाकुनामा साँझ माेटरसाईकललाई ठक्कर दिएकाे छ । भे १ क ११२२ नं. को बसले बिपरित दिशाबाट आईरहेको भे३प ९७४० नं.को माेटरसाईकललाई ठक्कर दिँदा माेटरसाईकल चालक धुलियाबिट बस्ने बर्ष २६ को मनोज सुनारको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

नेपालगन्ज १२ मुक्तिपुरस्थित युनाईटेड एजुकेशनल एकेडेमीको बसले मोटरसाईकललाई ठक्कर दिएपछी माेटरसाइकल चालक गम्भिर घाइते भएका थिए । उपचारको लागि प्रदेश अस्पताल पुर्याइएका उनकाे मृत्यू भएकाे सुब्बाकुना ईन्चार्ज प्रहरी हवल्दार हर्क बहादुर के.सी. ले जानकारी दिएका छन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।