जाजरकोटका भूकम्प पीडितलाइ साउदीबाट सहयोग

उपकारी नेपाली समूह साउदी अरेबियाले जाजरकोटमा भूकम्प प्रभावित परिवारलाई राहत वितरण गरेको छ । समूहले प्रभावित क्षेत्रका पीडितका लागि ३ लाख ४४ हजार रुपैयाँ बराबरको आर्थिक राहत सहयोग गरेको छ । जाजरकोट जिल्लाको कुशे गाउँपालिका–५ दमदालामा उक्त समूहले न्यानो लुगा वितरण सहित १ सय ४१ परिवारलाई पुग्ने ब्लांकेट वितरण गरेको छ । विदेशमा श्रम गरेर बसेका नेपाली र संस्थाले चिसो समयमा पीडितहरूलाई राहत पुगोस् भन्ने उदेश्यले ब्लांकेट वितरण गरिएको अध्यक्ष खेमराज भट्टाले बताए ।

सहयोग अभियानमा आर्थिक सहयोग स्वरूप साउदीमा रहेको पारिवारिक समाज साउदी अरबले ५२ हजार रुपैयाँ, स्की आदर्श सेवा समाज साउदी अरबले ५२ हजार सुदूर पश्चिमेली नेपाली समाज साउदी अरबले ४० हजार रुपैयाँ तथा उपकारी नेपाली समूहले २ लाख रुपैयाँ सहयोग गरेका हुन । त्यस्तै साउदीमा रहेको नेपाली साझा मञ्चले समेत जाजरकोट भूकम्प प्रभावित क्षेत्र कुशे नानघाट जनताका लागि राहत स्वरूप ४२ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको थियो ।