सिरहामा ब्राउनसुगरसहित दुई युवक पक्राउ

This image has an empty alt attribute; its file name is pakraw2023-12-14-10-03-40-edited.gif

सिरहाको दक्षिणी सीमावर्ती माडर बसपार्कबाट प्रहरीले बुधबार ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरको छ । सिरहाको जिल्ला प्रहरी कार्यालयको अनुसार बुधबार अपराहन्त करिब साढे ४ बजेतिर सिरहा नगरपालिका १७ माडरस्थित बसपार्कमा भारतदेखि नेपालतर्फ आउँदै गरेका ब्यतिहरु मध्ये चेकजाँच गर्दा २ जनामा ब्राउनसुगर फेला परेको बताए ।

माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सिरहाको मिर्चैया नगपालिका ५ का करिब १८ वर्षीय रुपेश पासवान र २४ वर्षीय कृष्णाकुमार यादवलाई चेक जाँच गर्दा प्लाष्टिकमा पोको पारेको १ ग्राम ७२ मिलिग्राम ब्राउनसुगर भेटिएको खण्डमा प्रकाउ गरेको हो ।

प्रहरीका अनुसार दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बताएका छन ।