सुर्खेतमा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पक्राउ

This image has an empty alt attribute; its file name is 405896466_886618333245948_5821393400731414730_n-edited.jpg

सुर्खेतमा नक्कली पेस्तोल देखाउदै लुटपाट गरेर हिडने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी हवल्दार टिकाराम आचार्यको कमाण्डमा खटिएको साधा पोशाकको प्रहरी टोलिले उनलाइ पक्राउ गरेकाे जनाएकाे छ ।

बिभिन्न स्थानमा नक्कली पेस्ताेल देखाउने र धम्की दिने र चाेरी गर्ने गरेकाे सुचना पाएपछी जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पाेशाकमा खटिएकाे टाेलीले पक्राउ गरेकाे हाे ।

दैलेख भगवतीमाई गाउँपालिका वडा नं ८ घर भई हाल सुर्खेत वस्दै आएका निश्चल चन्दलाई नक्कली पेस्ताेल देखाइ चाेरी गरेकाे अाराेपमा पक्राउ गरेको हो ।