इनारमा खसेर एक जनाको मृत्यु


भक्तपुरमा इनारमा खसेर एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ९ ताथली राम मन्दिर बस्ने ५२ वर्षीय राम खड्का आफ्नै घरको इनारमा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए । मंगलबार बिहान ८ बजेतिर उनी घरमा चिया खाएर निस्केका थिए ।

त्यसपछि सम्पर्कमा नआएपछि २४ वर्षिय छोरा कन्चनले खोजी गर्दा आफ्नै घरको इनारमा मृत फेला परेको देखेका थिए । बाबुलाई उनले इनारमा मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त खबर पछि प्रहरी वृत्त जगाती भक्तपुरबाट टोलीइ घटना अनुसान्धन लाइ अघि बढायएको छ ।