नेपाली काग्रेसले भुकम्प प्रभावितहरुको सहयोगको लागि दोश्रो चरणको अभियान संचालन गर्ने

नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पीडितका लागि निशुल्क अस्थायी घर टहरा निर्माणको कामलाई निरन्तरता दिने भएको छ । महामन्त्री गगन थापाको नेतृत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले सो निर्णय गरेको हो । पीडितहरुको अस्थायी आवास निर्माण मंसिर २६ देखि पुस ६ गतेसम्म दोस्रो चरणको अभियान गर्ने निर्णय गरेको छ । यस अघि पनी नेपाली कांग्रेसले भुकम्प प्रभावितहरुको घर टहरा निर्माणमा समन्वय र सहजीकरणका लागि टोली जाजरकोट पठाएको थियो । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ती जारी गर्दै विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद संघका छुट्टा छुट्टै टोली खटिनेछन, भने लुम्बिनी प्रदेशका सबै जिल्लाहरू कर्णाली प्रदेशका सुर्खेत दैलेख तथा गण्डकी प्रदेशको बागलुङ जिल्लाको टोली समेत अस्थायी घर टहरा निर्माणमा खटिनेछ । घर टहरा निर्माणमा खटिने सबै टोलीले मापदण्डको पूर्ण जानकारी लिई सोही अनुसार निःशुल्क रुपमा घर टहरा निर्माण कार्य सम्पन्न गर्ने कांग्रेसले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले एक हजार वटा अस्थायी घर टहरा निर्माण गर्ने प्रतिवद्धता यसअघि नै जनाएको थियो ।