लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन दिप प्रज्वलन


वीरेन्द्रनगर नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन दिप प्रज्वलन गरी मनाएको छ । नगरपालिकाको हाता भित्र गरिएको दिप प्रज्वलनमा नगर प्रमुख, उपप्रमुख, १६ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु सहभागी भएका थिए ।


कार्यक्रमका क्रममा सहभागी सबैले लैंगिक हिंसा सम्बन्धी जनचेतना मुलक गित समेत गाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मोहन माया ढकालले लैगिक हिंसा मुक्त नगरपालिका र मानवअधिकार युक्त नगरपालिकाको रुपमा अगाडी बढाउन हामी सबै लागेका छौ र अझ निरन्तर लागिरहने छौ भन्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।