स्रोत नखुलेका गहनासहित २ जना भए पक्राउ

गुलरिया प्रहरीले स्रोत नखुलेको सुनका गरगहनासहित दुई जनालाइ प्रक्राउ गरेको छ । प्रकाउमा पर्ने मध्ये बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका को ११ राँझाका २९ बर्षाीया मोहन बिक र बाँकेको डुँडुवा गाउँपालिका ५ स्थित जब्दहवा बस्ने ३८ वर्षीय देविन्द्र बहादुर घर्ति रहेका छन ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मोतिपुर, इप्रका बगनाह र कर्तनियाघाट प्रहरी चौकीबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका ९, कर्तनियामा चेकजाँचका क्रममा पठाइ उक्त गाडी र सुनका गरगहनासहित उनीहरूलाई पक्राउ गरेको हो ।