मध्यरातमा ब्युँझदासमेत एमाले सम्झन्छु, झलनाथ खनाल


नेकपा एमालेका नेता झलनाथ खनालले एमाले फुटाइनु दुर्भाग्य भएको बताएका छन् । एक टिभी कार्यक्रममा अन्तवार्ताका क्रममा उनले आफूले कहिलेकाहीँ मध्यरातमा ब्युँझदासमेत एमालेलाई सम्झने गरेको बताएका छन् ।
नेकपा एमालेको असाध्यै याद आउने गरेको भन्दै उनले आफूले रगत र पसिना बगाएको पार्टी भएकाले एमालेलाई कहिल्यै बिर्सन नसक्ने र रातमा पनि एमालेको याद आउने भन्दै नेपालको कम्युनिष्ट आन्दोलनमा एमालेले निभाएको भूमिका आफूले मात्रै नभएर देशले नै बिर्सन नसक्ने उनले दाबी गरेका छन् ।

नेता खनालले लामो समय राजनीतिक संघर्षपछी प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताउदै अहिलेको व्यवस्था राजनीतिक रुपमा उन्नत प्रणाली को र यो लोकतान्त्रको वर्गीय विभेदको अन्त्य हुने शासन भएको बताएका छन् । उनले सामान्तवादी युगमा केही राजाहरू आएको बताउँदै तत्कालीन समयमा निरंकुश वंशले शासन गरेका कारण त्यो समयमा लोकतन्त्र विकास हुन नसकेको पनि दावी गरे ।