अनलाइन बाट सामान किन्दा सचेत रहन नेपाल प्रहरीको आग्रह

नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी डेलिभरी हुनुभन्दा पहिलेनै गर्न लगाई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकलाई अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कठायतले विभिन्न क्षेत्रबाट यस्ता घटना घटी उजुरी पर्न थालेको भन्दै आम नागरिकलाई सचेत हुन आग्रह गर्नु भएको छ ।
उहाँले भन्नुभयो पछिल्लोे समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज÷अकाउन्ट आधिकारिक हो वा होइन भनी एकिन गरेर मात्र भुक्तानी गर्नु पर्दछ ।
प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा स–प्रमाण निवेदन दिन पनि उहाले अनुरोध गर्नुभएको छ । पछिल्लो समयमा अनलाइन कारोबार बढ्दो भइ ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर घर आइपुग्दा आफूले अर्डर गरेभन्दा परक र नचाहिने सामान प्राप्त हुने गरेको गुनासो यसअघी पटकपटक सार्वजनिक भइसकेको उहाले बताउनू भयो ।