जाजरकोटमा पुर्ननिर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिने

सरकारले जाजरकोटमा भुकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठको निर्णयले समस्याको पहिचान गरी आवश्यक्ता अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय भएको हो ।

पुर्ननिर्माणका लागि जिल्लामा जनशक्ति अपुग भएमा बाहिरबाट जनजनशक्ति उपलब्ध गराउने निर्णय पनि भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । उनका अनुसार भूकम्पबाट पीडितको अस्थायी आवास निर्माण गर्ने पर्ने भएको गुनासो आएकाले प्रभावितलाई सुरक्षित अस्थायी आवास उपलब्ध गराउन जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा सुरक्षाकर्मी परिचालन गरिनेछ ।