एमाले कर्णालीको उपसचिवमा शाहिलाई हटाएर खड्कालाई जिम्मेवारी

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश उपसचिवमा बिजय घोषणा गरिएका रमेश शाहीलाई हटाएर पद्मा खड्कालाई बहाल गर्ने निणर्य गरेकाेे छ । एमालेको केन्द्रिय सचिवालयको गत कार्तिक २२ गतेको बैठकले उक्त निणर्य गरेको हाे । बैठककाे निर्णय भन्दै महासचिव शंकर पाेखरेलद्वारा हस्ताक्षरित पत्रमा “कर्णाली प्रदेश अधिबेशनमा महिला आरक्षण नगरीएकोमा भन्दै साे निर्णय गरिएकाे उल्लेख गरिएकाे छ ।

कात्तिक २२ मा बसेको २५ औं केन्द्रीय सचिवालय बैठकको निणर्यअनुसार कर्णालीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दाबीसहित निवेदन परेकाे बताइएकाे छ ।

निणर्य कार्यान्वयन गराउन लेखिएको पत्रमा भनिएको छ , “कर्णाली प्रदेश अधिबेशनमा महिला आरक्षण नगरीएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दाबिसमेतको निवेदनलाई ध्यानमा राखि विजय पुरुषमध्ये दोस्रो मत ल्याउने रमेश शाहिका स्थानमा महिला उम्मेरदवारमध्ये सबैभन्दा बढि मत ल्याउने पद्मा खड्कालाई उपसचिवमा बहाल गर्ने, रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्ने”

विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा धेरै मत ल्याउने पद्मा खड्कालाई उपसचिवमा बहाल गर्न कमिटीलाई निर्देशन दिइएको हो । बैठकले महिला कोटा बदर गर्न नपाइने पनि निणर्य गरेको थियो ।